धनुषामा तीन सय ७७ उद्योग बन्द

हिमाल प्रेस ५ भदौ २०८१ १६:१९ | Wednesday, August 21, 2024
धनुषामा तीन सय ७७ उद्योग बन्द सांकेतिक तस्बिर

जनकपुरधाम– गत आर्थिक वर्ष २०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन्।

गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब नौ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन्।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नविकरण, पूजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी दुई सय २५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन्।

त्यसैगरी उद्योगतर्फ दर्ता आठ सय पाँच, नविकरणतर्फ नौ सय ७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपीतर्फ एक सय ६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ।

सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नविकरण बापत रु ५७ लाख २३ हजार राजस्व संकलन गरेको प्रमुख यादवले बताए। गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करीब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए।

हाल धनुषामा साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन्। ती उद्योमा महिला र पुरुष गरी करीव सात हजार कामदार प्रत्यक्षरुपमा लाभान्वित हँदैआएका कार्यालय प्रमुख यादवले बताए।

प्रकाशित: ५ भदौ २०८१ १६:१९ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast