दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथालाई

हिमाल प्रेस १० भदौ २०८१ २१:३७ | Monday, August 26, 2024
दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथालाई

ताप्लेजुङ- अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ। सलहेस युथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो। सगरमाथा युथ क्लबलाई उपाधिका लागि खेलको तीन मिनेटमै विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो।

विजेता मोरङले नगद पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता टिमलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए।

उपविजेता सलहेस युथ क्लब सिरहाले नगद दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उक्त पुरस्कार कोशी प्रदेशसभा सदस्यहरू तिलकुमार मेन्याङ्बो, खगेनसिं हाङ्गाम, निर्मला तावालगायतले हस्तान्तरण गरे।

प्रकाशित: १० भदौ २०८१ २१:३७ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast