चितवन- जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरू।
गणस्नानमा सामूहिक रूपमा पुरोहितहरूद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य, भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ। स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ। तस्बिर : सनद अधिकारी/रासस
प्रकाशित: ३ भदौ २०८१ ७:५६ | Monday, August 19, 2024
प्रतिक्रिया





