देवघाटमा विपन्न र बेवारिसे शवको निःशुल्क दाहसंस्कार

हिमाल प्रेस ३० साउन २०८१ १९:४९ | Wednesday, August 14, 2024
देवघाटमा विपन्न र बेवारिसे शवको निःशुल्क दाहसंस्कार

दमौली (तनहुँ)- तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ।

दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निःशुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ। अन्यको हकमा भने दाहसंस्कार शुल्क चार हजार पाँच सय निर्धारण गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए। उनका अनुसार देवघाटमा मासिक करिब १७ वटा बेवारिसे शवको दाहसंस्कार हुने गरेको छ।

तनहुँ, चितवन र नवलपुरबाट विपन्न व्यक्तिको दाहसंस्कार निःशुल्क गरिदिन सिफारिस आउने गरेको बरालले बताए। उनले भने, ‘भरतपुर अस्पतालबाट बेवारिसे शव दाहसंस्कारका लागि यहाँ ल्याउने गरिएको छ। त्यस्ता शव दाहसंस्कारको सम्पूर्ण व्यवस्थापन समितिले गरिरहेको छ। यस्तै तीनवटै जिल्लाबाट विपन्नका लागि निःशुल्क दाहसंस्कार गर्न सिफारिससमेत आउने गरेका छन्।’

देवघाटमा दैनिक सरदर सात वटा शवको दाहसंस्कार हुँदै आएको छ। समितिले दाह संस्कारका लागि वनसँग दाउरा खरिद गर्ने गरेको छ।

यसै गरी समितिले देवघाट आश्रमका ज्येष्ठ नागरिकको मासिक रूपमा स्वास्थ्य परीक्षण गराउन थालेको छ। समितिद्वारा सञ्चालित आश्रमका ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या नआओस् भनेर मासिक रूपमा परीक्षणको व्यवस्था मिलाएको कार्यकारी निर्देशक बरालले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको समितिका लागि चालु आर्थिक वर्षमा ८७ लाख बजेट विनियोजन गरिएको छ। त्यसमध्ये पुँजीगततर्फ ५० लाख र चालुतर्फ ३७ लाख रूपैयाँ बजेट छ। समितिले पार्किङ, डुंगा सञ्चालन र व्यापारिक सटरबाट आन्तरिक आम्दानी गर्दै आएको छ।

प्रकाशित: ३० साउन २०८१ १९:४९ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast