दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

हिमाल प्रेस ४ भदौ २०८१ ९:२९ | Tuesday, August 20, 2024
दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

हुम्ला- सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ। सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उ‍नी सख्त घाइते भएकका थिए।

नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको सोमबार राति निधन भएको अस्पतालले जनाएको छ। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएकी थिए। रासस

प्रकाशित: ४ भदौ २०८१ ९:२९ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast