दलित शब्द संविधानबाटै हटाउनुपर्छ : वामदेव गौतम

हिमाल प्रेस ३० साउन २०८१ १४:३७ | Wednesday, August 14, 2024
दलित शब्द संविधानबाटै हटाउनुपर्छ : वामदेव गौतम वामदेव गौतम। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानबाट दलित भन्ने शब्द हटाउनुपर्ने प्रस्ताव गरेका छन्। राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउन प्रस्ताव गरेका हुन्।

‘हाम्रो संविधानले नै दलित भनेर भनेको छ। मेरो मान्यता दलित भन्न हुन्नथ्यो,’ उनले भने, ‘संशोधन गरेर हटाइदिनुपर्छ। कसैले पनि भेदभाव गरे भने उनीहरूमाथि कारबाही हुनुपर्छ।’

कसैले पनि भेदभाव गरे उनीहरूमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो। उनले दाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने सुझाव पनि दिए।

प्रकाशित: ३० साउन २०८१ १४:३७ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast