दयाहाङ अभिनीत ‘कार्साङ्’ को छायांकन सकियो

हिमाल प्रेस ४ भदौ २०८१ १३:२६ | Tuesday, August 20, 2024
दयाहाङ अभिनीत ‘कार्साङ्’ को छायांकन सकियो

काठमाडौँ- अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘कार्साङ्’ को छायांकन सकिएको छ। निर्देशक यम शेर्पाले फेसबुकमार्फत फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। टिमका अनुसार फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायांकन गरिएको छ।

सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पालगायत कलाकारको अभिनय छ। फिल्म्को मुख्य भूमिकामा रहेकी सिर्जना निङ्लेखु नवकलाकार हुन्।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्। फिल्ममा उनकै डिओपी छ।

प्रकाशित: ४ भदौ २०८१ १३:२६ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast