‘तेल भिसा’ काे गीत ‘हरि नाम झैँ’

हिमाल प्रेस १० भदौ २०८१ १७:४७ | Monday, August 26, 2024
‘तेल भिसा’ काे गीत ‘हरि नाम झैँ’

काठमाडौँ- फिल्म ‘तेल भिसा’ को ‘हरि नाम झैँ’ बोलको गीत सार्वजनिक भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ।

हर्क साउदको शब्द रहेको गीतमा कल्याण् सिंहले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मको कथावस्तु प्रस्तुत गरिएको छ। फिल्म डायस्पोरामा विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो परिवेशमा आधारित छ।

फिल्म शंकर घिमिरेको लेखन तथा निर्देशनमा बनेको छ। फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायत कलाकारको अभिनय छ।

अभिनेता विपिन कार्की फिल्ममा दोहोरो भुमिकामा देखिएका छन्। विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार गीतमा पनि देखाइएको छ। फिल्म आगामी मंसिर ७ मा प्रदर्शन हुनेछ।

सुशन प्रजापतिले छायांकन गरेको फिल्म अजय खड्काको सम्पादन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन छ।

वेलडन क्रियसनको ब्यानर र ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीले लगानी गरेका छन्।

 

प्रकाशित: १० भदौ २०८१ १७:४७ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast