तनहुँको आबुखैरेनी पक्की पुल निर्माण

हिमाल प्रेस ३० साउन २०८१ ७:४३ | Wednesday, August 14, 2024
तनहुँको आबुखैरेनी पक्की पुल निर्माण

तनहुँ- जिल्लाको आबुुखैरेनी गाउँपालिका-२ र ३ को सिमानास्थित खहरेखोलामा दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ।

जिल्ला पूूर्वाधार विकास कार्यालयका अनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो। निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा उक्त कार्यालयका पदाधिकारीले मंगलबार सम्मान गरे।

पूर्वाधार विकास कार्यालयसँग २०८० मंसिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनस्थित भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो।

प्रकाशित: ३० साउन २०८१ ७:४३ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast