डेंगीबाट शिक्षिकाको मृत्यु

हिमाल प्रेस २६ साउन २०८१ ८:१८ | Saturday, August 10, 2024
डेंगीबाट शिक्षिकाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको मृत्यु भएको छ।
हल्दीबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल, बिर्तामोडमा निधन भएको हो।

ती महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकी थिइन्। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो। पारिवारिक स्रोतका अनुसारको उपचारका क्रममा वी एन्ड सीमै शुक्रबार निधन भएको हो।

प्रकाशित: २६ साउन २०८१ ८:१८ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast