फाइल तस्बिर
डडेल्धुरा- डडेल्धुरामा एक चितुवा मृत अवस्थामा भेटिएकाे छ।
बिहीबार अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।
चितुवा कसरी मर्यो भन्ने स्पष्ट जानकारी नभएको र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ।
केही दिनअगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।
प्रकाशित: १८ साउन २०८१ ५:४७ | Friday, August 2, 2024
प्रतिक्रिया




