प्रतिनिधिमूलक तस्बिर
                                            इनरुवा- सुनसरीको इटहरी उपमहानगरपलिका-६ पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका-१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी-४ स्थित दिदीको घरमा बस्दै आएका थिए।
ट्रक चालक धरान-१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
                            प्रकाशित: १९ साउन  २०८१ १०:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

