टुँडीखेलबाट नागरिकले हस्तक्षेप सुरु गरिसके : रवि लामिछाने

हिमाल प्रेस ११ भदौ २०८१ १६:५१ | Tuesday, August 27, 2024
टुँडीखेलबाट नागरिकले हस्तक्षेप सुरु गरिसके : रवि लामिछाने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरू प्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको बिकल्प नरहेको बताएका हुन्।

आम नागरिकहरूले राजनीतिक दलहरूलाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडीखेल घटनाबाट देखिएको उनको भनाइ छ। लामिछानेले दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अव नतिजामूखी काम गर्न सक्नुपर्ने बताए।

सोमबार काठमाडौँको टुँडीखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध युवाहरूको एउटा समूहले नाराबाजी  गरेको थियो।

उनले रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ११ भदौ २०८१ १६:५१ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast