टीआरसी सहमति अस्पष्ट रहेको मोहन वैद्यको दाबी

हिमाल प्रेस २ भदौ २०८१ १२:०४ | Sunday, August 18, 2024
टीआरसी सहमति अस्पष्ट रहेको मोहन वैद्यको दाबी

काठमाडौँ- मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक (टीआरसी) विधेयक अस्पष्ट रहेको भन्दै असहमति जनाएको छ। संसद्बाट पारित विधेयकका महत्त्वपूर्ण विषयमा आफ्नो पार्टीको असहमति गरेको प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विधेयक निर्माण गर्ने प्रक्रियामा सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको सो पार्टीले जनाएको छ। यस्तै विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षडयन्त्र लुकेको पार्टीले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रूपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ।’ उक्त प्रकारको विरोध तथा असहमतिकाबीच पारित भएको उल्लेख गर्दै सो पार्टीले विवेकसम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याउन सुझाव दिएको छ।

प्रकाशित: २ भदौ २०८१ १२:०४ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast