झापामा नागरिकताभन्दा राहदानी लिने बढी

हिमाल प्रेस ३१ साउन २०८१ ८:५२ | Thursday, August 15, 2024
झापामा नागरिकताभन्दा राहदानी लिने बढी सांकेतिक तस्बिर।

भद्रपुर- जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या ह्वात्त बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्।

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ। राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार चार सय ४४ संकलन गरेको छ।

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ।

प्रकाशित: ३१ साउन २०८१ ८:५२ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast