जोन योञ्जन निर्देशित ‘आँखा’ असोज ११ देखि प्रदर्शन

हिमाल प्रेस २ भदौ २०८१ १६:५० | Sunday, August 18, 2024
जोन योञ्जन निर्देशित ‘आँखा’ असोज ११ देखि प्रदर्शन

काठमाडौँ- फिल्म ‘आँखा’ असोज ११ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज ११ मा प्रदर्शन गर्ने घोषणा गरेको हो।

पोस्टरमा सूर्यमखी फूलहरुको बीचमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताको गम्भिर भाव देख्न सकिन्छ। उनीहरुले हातमा झोला बेकेका छन्। भने पृष्ठभूमिमा जस्ताले बारेको झुपडी छ। यसले झुपडीमा बसोबास गर्ने एक परिवारले गाउँ छोडेको संकेत गरेको छ।

फिल्मका निर्देशक जोन योञ्जन हुन्। फिल्ममा उनकै कथा र पटकथा छ। निर्देशक योञ्जनका अनुसार फिल्म आधुनिक समाजमा निम्नवर्गीय परिवारले बाँच्नका लागि गर्नुपरेको संघर्षमा आधारित छ।

फिल्ममा कलाकार निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, प्रविण खतिवडा, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकारमा प्रसन राईको अभिनय छ।
फिल्ममा आलोक शुक्लाको छायांकन, कृष्ण भण्डारी र जौन योन्जनको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत छ ।

निर्देशक योञ्जनकै निर्माण्मा बनेको फिल्मको कार्यकारी निर्मातामा नारायणप्रसाद बराल छन्।

प्रकाशित: २ भदौ २०८१ १६:५० | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast