जनमत पार्टीको सचिवमा बालगोविन्द चौधरी मनोनीत

हिमाल प्रेस १० भदौ २०८१ ६:५६ | Monday, August 26, 2024
जनमत पार्टीको सचिवमा बालगोविन्द चौधरी मनोनीत

काठमाडौँ- जनमत पार्टीले पार्टीका दुई नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनीत गरेको छ।

पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले एक विज्ञप्ति प्रकाशित गरी नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनीत गरेको जानकारी दिए।

आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी उनीहरूलाई मनोनीत गरिएको विज्ञप्तिमा उल्लेख छ। बालगोविन्द चौधरी गएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट जनमत पार्टीको उम्मेदवारसमेत भएका थिए।

प्रकाशित: १० भदौ २०८१ ६:५६ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast