जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न : उपप्रधानमन्त्री

हिमाल प्रेस ८ भदौ २०८१ १९:२५ | Saturday, August 24, 2024
जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न : उपप्रधानमन्त्री

ललितपुर – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गगनको बहसबारे शनिबार ललितपुरमा सञ्चारकर्मीको प्रश्नमा सिंहले यस्तो बताएका हुन्।

‘अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ। कांग्रेस लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदातले चाहेसम्म हुने हो,’ उनले भने,‘जनताले रूचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नी। त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो।’

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वभाविक भएको भन्दै उनले अहिले नेतृत्व बर्हिगमनको नितिबारेका बहस भने असान्दर्भिक रहेको बताए।

उनले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखे।

त्यस्तै फरक सन्दर्भमा उहाँले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको पनि बताए।

प्रकाशित: ८ भदौ २०८१ १९:२५ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast