छाब्दीवाराही मन्दिरको पुनर्निर्माण

हिमाल प्रेस ९ भदौ २०८१ ७:०१ | Sunday, August 25, 2024
छाब्दीवाराही मन्दिरको पुनर्निर्माण

तनहुँ- व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर ७० लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको छ। पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए।

एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ। मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले २४ लाख रुपैयाँ सहयोग गरेको छ भने कोषले ४६ लाख रुपैयाँ लगानी गरेको छ। छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ। मन्दिर बाहिर खोलामा हजारौँ माछा छन्। मन्दिरमा तीन जना मगर जातिका पुजारी छन्।

यहॉ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ। छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ । यो मन्दिर दमौली बजारबाट सात किलोमिटर टाढा छ।

मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।

प्रकाशित: ९ भदौ २०८१ ७:०१ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast