चितवनमा गैँडाको हाडखोर फेला पर्‍यो

हिमाल प्रेस ११ भदौ २०८१ २१:४१ | Tuesday, August 27, 2024
चितवनमा गैँडाको हाडखोर फेला पर्‍यो मृत फेला परेको गैँडा। फाइल तस्बिर।

चितवन- भरतपुर महानगरपालिका–१८ गाँजीपुरमा गैँडाको हाडखोर फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी तीन महिनाअघि मरेको गैँडाको हाडखोर भेटिएको हो। सोमबार दिउँसो गैँडा मृत भेटिएको हो।

उनका अनुसार गैँडा बुढो भएर मरेको हो। गैँडाको खाग, खुर सुरक्षित भेटिएको पुनले बताए। हाडखोर मात्रै भेटिएकाले लिंग पहिचान हुन नसकेको उनले बताए।

योसँगै निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्षको साउनयता चार वटा गैँडा मृत भेटिएका छन्। मृत भेटिएकामध्ये एउटा गैँडा करेन्ट लागेर र दुई वटा बाघको आक्रमणबाट मरेका हुन्।

प्रकाशित: ११ भदौ २०८१ २१:४१ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast