चन्द्रागिरिबाट गाँजासहित एक जना पक्राउ

हिमाल प्रेस २६ साउन २०८१ ७:१७ | Saturday, August 10, 2024
चन्द्रागिरिबाट गाँजासहित एक जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागु औषध गाँजा ३ किलो २ सय ५० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुङ्गानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका-२६ गोगंबु मित्रनगर डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ घर भएका २९ वर्षीय सुशान्त डुम्जनको कोठाबाट नियन्त्रित लागु औषध डाइजेपाम १ सय १७ ट्याबलेट र १ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

मोबाइल चोरी अभियोगमा बिहीबारदेखि प्रहरी प्रभाग गोङ्गबुको नियन्त्रणमा रहेका सुशान्तको कोठामा लागु औषध लुकाई छिपाई राखेको खुल्न आएपछि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागु औषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: २६ साउन २०८१ ७:१७ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast