घाइते अवस्थामा भेटिएका स्नुकर हाउसका सञ्चालकको मृत्यु

हिमाल प्रेस १० भदौ २०८१ २१:०५ | Monday, August 26, 2024
घाइते अवस्थामा भेटिएका स्नुकर हाउसका सञ्चालकको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ – काठमाडौँको शंखमूलमा आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रुपक बान्तवाको सोमबार मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीकानुसार काठमाडौँ महानगरपालिका–१० शंखमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ का सञ्चालक बान्तवाको मृत्यु भएको हो।

अधिकारीकानुसार बान्तवा आज बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए। जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेर प्रहरीले उद्धार गरी उपचारका लागि सिभिल अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० भदौ २०८१ २१:०५ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast