 
                             
                                            काठमाडौँ- आज शुक्रबारबाट ५ औं हप्तामा प्रवेश गरेको सिनेमा घरज्वाइँ निर्माण टिमले चार हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ। सिनेमाको निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाले ४ हप्तामा ५ करोड २५ लाख ग्रस कलेक्सन गरेको हो।
शुक्रबार सिनेमाका वितरक रोहित कट्टेलले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको चार हप्ते कलेक्सन सार्वजनिक गरेका हुन्। अहिले पनि सिनेमा नेपालमा राम्रो शोसहित प्रदर्शन भइरहेको छ।
यस्तै विदेशमा पनि सिनेमा धेरै ठाउँमा प्रदर्शन भैरहेको निर्माता जनक घर्ती मगरले बताए। यही आइतबार सिनेमा जापानमा पनि रिलिज हुँदैछ। जसका लागि आज सिनेमाकी मुख्य अभिनेत्री मिरुना मगर जापान प्रस्थान गरिसकेकी छन्।
                            प्रकाशित: २५ साउन  २०८१ १८:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![‘घरज्वाइँ’ को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2024/07/yanimaya.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 