घट्याे सुनचाँदीकाे भाउ, ताेलाकाे कति?

हिमाल प्रेस ७ भदौ २०८१ ११:२८ | Friday, August 23, 2024
घट्याे सुनचाँदीकाे भाउ, ताेलाकाे कति?

काठमाडाैँ- साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। हिजाे बिहीबार प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजाे बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

हिजाे प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १८ सय १५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएकाे छ। हिजाेकाे तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

प्रकाशित: ७ भदौ २०८१ ११:२८ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast