गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

हिमाल प्रेस ७ भदौ २०८१ ५:५१ | Friday, August 23, 2024
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु सांकेतिक तस्बिर

गोरखा- गोरखामा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पुर्‍याइएको थियो।

उनका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी)रमेशकुमार श्रेष्ठले जानकारी दिए।

करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका छन्। उनको एपोलो अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए।

छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो।

प्रकाशित: ७ भदौ २०८१ ५:५१ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast