 
                             
                                            धनुषा- शास्त्रीय संगीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व. कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेश प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिएका छन्।
कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा संगीत विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ। कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डामा बिहीबार बिहान निधन भएको थियो। रासस
                            प्रकाशित: १८ साउन  २०८१ १६:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 