गाजाको एक विद्यालयमा इजरायली सेनाको आक्रमण, १२ जनाको मृत्यु

हिमाल प्रेस ५ भदौ २०८१ १६:१२ | Wednesday, August 21, 2024
गाजाको एक विद्यालयमा इजरायली सेनाको आक्रमण, १२ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- इजरायली सेनाले गाजा सहरस्थित एक विद्यालयमा गरेको आक्रमणमा परी १२ जनाको ज्यान गएको छ। हमासले सञ्चालन गरेको रक्षा प्राधिकरणले इजरायली सेनाले आक्रमण गरेको दाबी गरेको हो।

यो आक्रमणमा परी कम्तीमा १२ जना प्यालिस्टाइनीको मृत्यु भएको प्राधिकरणको भनाइ छ। गाजाको पश्चिमी क्षेत्र रिमालस्थित मुस्तफा हफिज विद्यालयमा इजरायली सेनाको तर्फबाट आक्रमण भएको रक्षा प्राधिकरणले जनाएको छ।

इजरायली सेनाले हमासको कमान्डर र नियन्त्रण केन्द्रमाथि आक्रमण गरेको जनाएको छ। हमासको कमान्डर विद्यालयभित्र बसेर काम गरिरहेको इजरायली सेनाको दाबी छ।

यो विद्यालय हमास लडाकुको अड्डा बनेको इजरायली सेनाको भनाइ छ। यसअघि इजरायली सेनाले गाजाबाट ६ जना बन्धकको शव बरामद भएको जनाएको थियो।

प्रकाशित: ५ भदौ २०८१ १६:१२ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast