गठबन्धन सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक हुनुपर्छ : सांसद केसी

हिमाल प्रेस १२ भदौ २०८१ १७:०८ | Wednesday, August 28, 2024
गठबन्धन सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक हुनुपर्छ : सांसद केसी अर्जुननरसिंह केसी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको  विशेष समयमा बोल्दै केसीले अहिलेको गठबन्धन सरकारले गरेको सहमतिको पात्र आफू रहे पनि अहिलेसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक नहुनु राम्रो कुरा नभएकाले तत्काल सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

जनतामा देखिएको निराशा चिर्न र अविश्वासलाई विश्वासमा बदल्नका लागि पनि सुशासनको प्रतिवद्धता सहित साझा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ। केसीले अहिलेको सरकार असफल भए समग्र व्यवस्था असफल हुने भन्दै व्यहारमा दुई दलले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए।

उनले चर्चित भ्रष्टाचार काण्डको राष्ट्रिय रुपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न सुझाव दिए।

निष्पक्ष काम गर्ने आयोग बनाउने कुरा अहिलेको राष्ट्रिय आवश्यता भएको उनको भनाइ छ। उनले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाउँदै यस्तो प्रावधानसहितको विद्येयक फिर्ता गरिनुपर्ने बताए।

प्रकाशित: १२ भदौ २०८१ १७:०८ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast