खोटाङमा झाडापखालाबाट ४ वर्षीय बालकको मृत्यु

हिमाल प्रेस ३ भदौ २०८१ ७:२९ | Monday, August 19, 2024
खोटाङमा झाडापखालाबाट ४ वर्षीय बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- झाडापखालाका कारण खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ। तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए। बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो।

भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनले बताए।

आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा संकलन गरिएको पत्रकार हरिबोल आचार्यले बताए।

स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए । दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन्। रासस

प्रकाशित: ३ भदौ २०८१ ७:२९ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast