यसअघि हिमपात फुटेको बाढीमा परिणत भएको थामे क्षेत्र। फाइल तस्बिर
काठमाडौँ-सोलुखुम्बुको खुम्मु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा शुक्रबार आएको बाढीमा एकजना बेपत्ता भएका छन्। बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन्।
उनका अनुसार नेपाली थामे खोलामा आएको बाढीका कारण १२ वटा घर पनि बगाएको छ। ‘बाढीमा फसेका पाँचजनाको उद्धार सेनाले गरिसकेको छ’, उनले हिमालप्रेससँग भनिन्, ‘बाढीले १२ वटा घर, एउटा विद्यालय र एउटा क्लिनिकमा पूर्ण क्षति भएको छ। आठवटा घर जोखिममा छन्।’
नेपाली सेनाको सल्लेरी ब्यारेकका मेजर नवराज बस्नेतले उद्धारका लागि थामे पोस्टमा रहेका नेपाली सेनाको टोली स्थानीयको उद्धारमा खटिएको जानकारी दिए। उनले भने, ‘एकजना बेपत्ता भएको भनिएको छ। विवरण संकलन भइसकेको छैन।’
प्रकाशित: ३२ साउन २०८१ १६:३१ | Friday, August 16, 2024
प्रतिक्रिया




