कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

हिमाल प्रेस १४ भदौ २०८१ १२:१५ | Friday, August 30, 2024
कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

इटहरी– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। एक महिनाअघि सरकारबाट बाहिरिएको माओवादीले आज (बिहीबार) समर्थन फिर्ता लिने तयारी गरेको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन। सरकारबाट बाहिरिएको लामो समयपछि माओवादीले समर्थन पनि फिर्ता लिन लागेको हो।

कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो। शुक्रबार प्रदेशसभा बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

‘माओवादी संसदीय दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिन्छौं,’ आङ्बोले भने, ‘समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ।’

प्रकाशित: १४ भदौ २०८१ १२:१५ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast