कुपोषण अन्त्यमा कर्णाली सरकारको ध्यान गएको छ : कृषि मन्त्री शाह

हिमाल प्रेस ३१ साउन २०८१ १९:४८ | Thursday, August 15, 2024
कुपोषण अन्त्यमा कर्णाली सरकारको ध्यान गएको छ : कृषि मन्त्री शाह

सुर्खेत– कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताएका छन्। कुपोषण मुक्त कर्णाली प्रदेशका लागि ‘इनफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन्।

‘बाल कुपोषण र भोकमरीको अन्त्य गरौं,’ भन्ने नाराका साथ वर्ल्ड भिजन ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले कर्णाली प्रदेशमा पनि कुपोषणको समस्या रहेको बताए।

मन्त्री शाहले कर्णाली प्रदेशमा कुपोषण अन्त्यका लागि आवश्यक बजेट मन्त्रालयबाट प्रत्येक वर्ष विनियोजन भइरहेको बताए। उनले भने, ‘कृषि क्षेत्रको विकास अति आवश्यक छ। कृषिबाट उत्पादित अर्गानिक र गुणस्तरीय वस्तुहरु नै कुपोषण न्युनीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ। हामीसँग भुगोल, स्रोत साधान भए पनि हाम्रो ध्यान कृषितर्फ गएको छैन्। त्यसैले कर्णालीमा कुपोषण अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरुले त्यतातिर ध्यान दिनुपर्छ।’

साथै मन्त्री शाहले कर्णालीमा ३६ प्रतिशत पुड्कोपन रहेको र त्यसको न्युनिकरणमा सरकार लागिरहेको बताए। कुपोषण अन्त्यका लागि सबै विकास साझेदारहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री शाहले थालेका कामहरु इमान्दारीताका साथ हरेकपक्षबाट नतिजा आउने गरी गर्न जरुरी रहेको बताए।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आर्थिक वर्ष २०७०/०८० मा २३ करोड ३० लाख २० हजार, अव २०८०/०८१ म २० करोड ४८ लाख ९० हजार र चालु आर्थिक वर्षमा १४ करोड ३३ लाख ६८ हजार विनियोजन गरेको छ।

प्रकाशित: ३१ साउन २०८१ १९:४८ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast