किष्ट अस्पतालमा युवती मृत्यु प्रकरणबारे छानबिन होस् : सांसद गौतम

हिमाल प्रेस ६ भदौ २०८१ १३:३८ | Thursday, August 22, 2024
किष्ट अस्पतालमा युवती मृत्यु प्रकरणबारे छानबिन होस् : सांसद गौतम फाइल तस्बिर

काठमाडौँ- ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय प्रतिनिधिसभा बैठकमा उठान भएको छ। सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मगरको पत्थरीको अप्रेसनको क्रममा उनको निधन भएको  भन्दै यसको छानबिनका लागि समिति गठन गर्न सकारसँग माग गरेका हुन्।

बैठकको आकस्मिक समयमा बोल्दै उनले किष्ट मेडिकल कलेजको गम्भीर लापरवाही रहेको भन्दै परिवारले आन्दोलन गर्दा सुनुवाई नभएको बताए। ‘नेपाल सरकारको तत्काल ध्यान जाओस्। छानबिनका लागि समिति बनाओस्‚’ उनले भने।

प्रकाशित: ६ भदौ २०८१ १३:३८ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast