फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिकी श्रीमती भावनाले आफूले पुस्तक लिएर गएको भने पनि आफूलाई कुनै याद नभएको बताए।
गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा भावनाले देउवाले धेरै पहिले आफ्नो पुस्तक लगेको तर फिर्ता नगरेको गुनासो गरेकी थिइन्। देउवाले उनको भनाइको जवाफ फर्काएका हुन्।
‘भारती सिलवालजीले एउटा कुरा भन्नुभएको छ, कि उहाँको किताब मैले लगेको भनेर। त्यसको मलाई सम्झना छैन तैपनि किताबले मलाई फाइदै भयो होला,’ उनले भने, ‘उहाँलाई धन्यवाद दिन चाहन्छु।’
प्रकाशित: ४ भदौ २०८१ १७:११ | Tuesday, August 20, 2024
प्रतिक्रिया



