कांग्रेस सभापति देउवा र विदेश सचिव मिश्रीबीच भेटवार्ता

हिमाल प्रेस २७ साउन २०८१ २०:१४ | Sunday, August 11, 2024
कांग्रेस सभापति देउवा र विदेश सचिव मिश्रीबीच भेटवार्ता तस्बिर : सभापति देउवाको सचिवालय

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ।

दुवै जनाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा आइतबार साँझ भेटवार्ता भएको हो।सभापति देउवालाई भेट्न विदेश सचिव मिश्री बूढानीलकण्ठ पुगेका थिए।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई थप मजबुत बताउने विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त भएपछि मिश्री पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्।

आइतबार काठमाडौँ आइपुगेका विदेश सचिव मिश्रीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका थिए।

विदेश सचिव मिश्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा दुई दिने भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आएका हुन्।

प्रकाशित: २७ साउन २०८१ २०:१४ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast