कांग्रेस प्रमुख सचेतकको प्रश्न : कांग्रेसको सिद्धान्त के हो?

हिमाल प्रेस २८ साउन २०८१ १५:५१ | Monday, August 12, 2024
कांग्रेस प्रमुख सचेतकको प्रश्न : कांग्रेसको सिद्धान्त के हो? श्याम घिमिरे .

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टीको सिद्धान्तमाथि प्रश्न उठाएका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले पार्टीको सिद्धान्त के हो भन्ने प्रश्न गरेका हुन्।

कांग्रेसले मूल आदर्श समाजवादलाई मान्ने गरे पनि घिमिरेले पार्टीको सिद्धान्त समाजवादी हो कि सोसल डेमोक्रेटिक हो भन्ने प्रश्न गरेका हुन्।

सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै घिमिरेले भने, ‘नेपाली कांग्रेसको सिद्धान्त के हो? हामी समाजवादी हौं कि सोसल डेमोक्रेटिक हौं? संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्। हामी र कम्युनिष्टबीचको अन्तर के हो?’

उनले कांग्रेसले पनि आफूलाई समाजवादी भनेपछि लगानी कसरी आकर्षित हुन्छ त भन्ने प्रश्न पनि गरे। ‘के आज बिपी जिवित हुनुभएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो?,’ उनले प्रश्न गरे, ‘विश्व बजारीकरण, उदार अर्थतन्त्र र बहुलवादलाई स्वीकार गरेको कांग्रेसले कसरी समाजवाद आदर्श मान्न सक्छ?’

प्रकाशित: २८ साउन २०८१ १५:५१ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast