कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

हिमाल प्रेस २८ साउन २०८१ ९:०२ | Monday, August 12, 2024
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

काठमाडौँ- गत बुधबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदैछ।

भोलिबाट संसद् बैठक भएकोले आज अबेरसम्म भएपनि बैठक सक्ने तयारी रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

बैठकमा गत बुधबार प्रस्तुत भएका ११ वटा एजेण्डा माथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राखिरहेका छन्। त्यसपछि पदाधिकारीले आफ्नो धारणा राख्नेछन्। आजको बैठकले गत फागुनका सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने कांग्रेसको तयारी छ।

महामन्त्री गगन थापाको ०८४ को चुनावमा गठबन्धन नगर्ने र माओवादी युद्धका कारण देश पछाडि धकेलिएको उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनका कारण माओवादीले कांग्रेससँगको सहकार्य तोडेको थियो।

कांग्रेसले भदौ १५ देखि मंसिर १५ सम्म सय दिन देशभर संगठनात्मक अभियान चलाउने भएको ५। अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ।

प्रकाशित: २८ साउन २०८१ ९:०२ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast