‘कांग्रेस-एमाले एक ठाउँमा हुँदा मुलुकका समस्या समाधान गर्न सहज भएको छ’

हिमाल प्रेस ७ भदौ २०८१ ११:४९ | Friday, August 23, 2024
‘कांग्रेस-एमाले एक ठाउँमा हुँदा मुलुकका समस्या समाधान गर्न सहज भएको छ’

जनकपुर– गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन्। यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको उनको भनाइ छ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलको समीकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको दाबी गरेका हुन्।

१८ वर्षदेखि संक्रमणकालीन न्याय सम्बन्धि विषय निष्कर्ष  नसके पनि अहिले दुई दलले यसलाई निकास दिएको बताए। यसले जटिल समस्या समाधान मात्रै गरेको छैन मुलुकमा राजनीतिक स्थायित्व समेत प्रदान गरेको उनको भनाइ थियो।

प्रकाशित: ७ भदौ २०८१ ११:४९ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast