कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

हिमाल प्रेस २१ साउन २०८१ ९:२४ | Monday, August 5, 2024
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै यामलाल कँडेल।

काठमाडौँ-  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज (सोमबार) विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने प्रयोजनको पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभामा बुझाइसकेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।

४० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनका पक्षमा सभामुखसहित २४ जना सांसद छन्। विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कँडेललाई कम्तिमा २१ सांसदको समर्थन आवश्यक पर्दछ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक/एक सांसद छन्।

प्रकाशित: २१ साउन २०८१ ९:२४ | Monday, August 5, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast