ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै

हिमाल प्रेस ९ भदौ २०८१ १७:१२ | Sunday, August 25, 2024
ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै

काठमाडौँ- ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी भोलि नेपाल आउने भएका छन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी दुई दिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार नेपाल आउने र मंगलबार स्वदेश फर्किने जानकारी दिएको छ।

मन्त्रालयले दुई मन्त्रीबीच द्विपक्षीय वार्ता हुने र नेपाल ओमानबीचको सम्बन्ध थप सुदृढ गर्नेबारे छलफल हुने बताएको छ। उनले दुई दिने नेपाल बसाइको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट पनि गर्नेछन्।

प्रकाशित: ९ भदौ २०८१ १७:१२ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast