काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीकाे अर्धकदकाे प्रतिमाकाे बिहीबार अनावरण गरेका छन्। ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएकाे प्रतिमाकाे एमालेको सचिवालय बैठकअघि उक्त प्रतिमाकाे अनावरण भएको हो।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए। कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन्।
                            प्रकाशित: १३ भदौ  २०८१ १५:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

