‘अञ्जिला’को प्रदर्शन मिति अनिश्चित

हिमाल प्रेस २८ साउन २०८१ ८:५४ | Monday, August 12, 2024
‘अञ्जिला’को प्रदर्शन मिति अनिश्चित

काठमाडौँ- महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर तयार पारिएको फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ। यो फिल्म माघ ११ गतेबाट रिलिजमा ल्याउने तयारी निर्माणपक्षको थियो।

तर, अब यो फिल्मलाई फागुनको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ। यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले, सबै पक्षहरु मिलाउने क्रममा प्रदर्शन मिति पनि केही हप्ता पछि सार्नुपरेको बताए।

यो फिल्ममा एञ्जिला नै मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्।

फिल्ममा उनको पनि मुख्य भूमिका छ । यो फिल्मको छायांकन काठमाडौंका साथै आइतबारे, झापामा पनि गरिएको छ । निर्देशक चाम्स यो फिल्मले दर्शकमाझ नयाँ प्रकारको छाप छाड्ने दाबी गर्छन् । यो फिल्मले एन्जिलाको बाल्यकालदेखि खेल जीवन संघर्ष र सफलताको कथा भन्छ ।

प्रकाशित: २८ साउन २०८१ ८:५४ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast