‘एक्टर’ काे पोस्टरमा प्रदीपको पाँच लुक्स

हिमाल प्रेस ६ भदौ २०८१ १६:४८ | Thursday, August 22, 2024
‘एक्टर’ काे पोस्टरमा प्रदीपको पाँच लुक्स

काठमाडौँ- आगामी कात्तिक १५ अर्थात् लक्ष्मी पूजाको अवसरमा प्रदर्शन हुने फिल्म ‘एक्टर टेक वान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको मुख्य कलाकार प्रदीप खड्काको पाँच लुक्ससहितको बिहीबार पोस्टर सार्वजनिक गरिएको हो।

रोयल भिमसेनले डिजाइन गरेको पोस्टरमा प्रदीपको ब्यान्डेज बाँधेको, हातमा प्लास्टर र अनुहारमा चोट लागेको घाइते अवस्थाको लुक्सले प्राथमिकता पाएको छ भने अन्यमा उनी पाइलट र नेपाली पोसाकसहित लामो कपाल, क्यापमा क्याजुल र स्वीटर लगाएको गरी पाँच फरक अवतार देखाइएको छ।

फिल्ममा प्रदीपसँगै दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीप कुमार चौधरी पीके, देवेन्द्र नेपाललगायत कलाकारको अभिनय छ। याे दिव्याको डेब्यु फिल्म हो भने राज बल्लभको कमब्याक। अभिनेता खड्काले पहिलो पटक चलचित्रको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्।

राजन भुसालको निर्देशन रहेको फिल्मकाे मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा छन्। फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुन्।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्म अष्टम महर्जनको द्वन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीतमा बनेको छ।

प्रकाशित: ६ भदौ २०८१ १६:४८ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast