एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

हिमाल प्रेस १८ साउन २०८१ ७:३३ | Friday, August 2, 2024
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै माधवकुमार नेपाल

काठमाडौँ‍- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बस्न लागेको हाे।

विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने  र उक्त नामलाई आजकाे बैठकले अनुमोदन गर्ने बताइएकाे छ।

पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य रहेका छन्। २०६ केन्द्रीय सदस्य पद रिक्त छ।

पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनीत गरिने एक नेताले जानकारी दिए।

प्रकाशित: १८ साउन २०८१ ७:३३ | Friday, August 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast