एकीकृत समाजवादीमा ७ सचिवका लागि ३३ जनाको प्रतिस्पर्धा

हिमाल प्रेस ११ भदौ २०८१ ११:१९ | Tuesday, August 27, 2024
एकीकृत समाजवादीमा  ७ सचिवका लागि ३३ जनाको प्रतिस्पर्धा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिव पदमा तीव्र प्रतिस्पर्धा हुने भएको छ।

दलित क्लष्टतर्फको एक सचिवमा ३ जना प्रतिस्पर्धी देखिएका छन्। निरादेवी जैरू, गणेशबहादुर विश्वकर्मा, कृष्णबहादुर नेपाली दलित सचिवमा उम्मेदवारी दिएका छन्। यस्तै आदिवासी जनजाति समुदायको सचिव पदतर्फ एक पदमा ३ जना उम्मेदवार देखिएका छन्। बलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ आदिवासी सचिवमा उम्मेदवारी दिएका छन्।

यता खुला ५ सचिवमा २७ जनाको उम्मेदवारी परेको छ। श्रीनाथ बराल, प्रेमलकुमार खनाल, कृष्णप्रसाद शर्मा, घनप्रसाद गौतम, धर्मप्रसाद गौतम, धर्मराज पौडेल, व‌ंशीधर मिश्र, धर्मराज निरौला, शेरबहादुर कुँवर, राजेन्द्रमान श्रेष्ठ, दामोदर अर्याल, शिवप्रसाद भण्डारी, चन्द्रबहादुर शाही, रामेश्वर श्रेष्ठ, सोमप्रसाद पाण्डेय, सावित्रीकुमारी भुसाल, दिलकुमारी पन्त, नरेश शाही, सुधिरप्रसाद शाह, दीर्घबहादुर सोडारी, केशवकुमार विष्ट, शेरबहादुर केसी, धनराज आचार्य, रत्नेश्वर गोइत, हस्तबहादुर शाही, गुरुप्रसाद बुर्लाकोटी, विदुरप्रसाद सापकोटा सचिव छन्।

प्रकाशित: ११ भदौ २०८१ ११:१९ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast