इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस ३ भदौ २०८१ २०:४७ | Monday, August 19, 2024
इन्द्रावती नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह फाइल तस्बिर

काठमाडौँ-  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुक्खा पहिरोका कारण इन्द्रावती नदीमा बाढी आउनसक्ने जोखिम औँल्याउँदै स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

कार्यालयले विज्ञप्ति जारी गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आज आएको सुक्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएर बाढी आउनसक्ने भन्दै सचेत गराएको हो।

‘पाँचपोखरी गाउँपालिका-७ र ८ मेलम्ची नगरपालिका- ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका- १०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

कार्यालयले आवश्यक परेमा नजिकको सुरक्षा निकाय, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकामा र कार्यालयको फोन नम्बर ९८५१२४३०८४, ०११६२०४७० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: ३ भदौ २०८१ २०:४७ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast