इजरायल र लेबनानबीच बढ्दो तनावबारे के भन्छ अमेरिका ?

हिमाल प्रेस ९ भदौ २०८१ २०:१० | Sunday, August 25, 2024
इजरायल र लेबनानबीच बढ्दो तनावबारे के भन्छ अमेरिका ?

काठमाडौँ- इजरायलले हिजबुल्लाहका स्थानहरूमा आक्रमण गरेपछि लेबनानसँग तनाव बढेको छ।

इजरायलले लेबनानमा हिजबुल्लाहका धेरै स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको हो। हिजबुल्लाहले इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ।

लेबनान र इजरायलबीचको पछिल्लो तनावलाई लिएर अमेरिकाले प्रतिक्रिया दिएको छ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि राष्ट्रपति बाइडेनले इजरायल र लेबनानबीच चलिरहेको घटनाक्रमको निगरानी गरिरहेका छन्। उनी राष्ट्रिय सुरक्षा टोलीसँग सम्पर्कमा छन्।

राष्ट्रपति जो बाइडेनको निर्देशनमा वरिष्ठ अमेरिकी अधिकारीहरू इजरायलमा आफ्ना समकक्षीहरूसँग निरन्तर सम्पर्कमा छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी इजरायलको रक्षा र क्षेत्रमा स्थायित्व ल्याउने काममा सहयोग जारी राख्नेछौँ।’ बीबीसी हिन्दी

प्रकाशित: ९ भदौ २०८१ २०:१० | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast