आन्दोलनको तयारीमा जुट्यो शिक्षक महासंघ

हिमाल प्रेस ४ भदौ २०८१ १०:२८ | Tuesday, August 20, 2024
2
SHARE
आन्दोलनको तयारीमा जुट्यो शिक्षक महासंघ

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति आन्दोलनमा तयारीमा जुटेको छ। शिक्षक-कर्मचारीको पेसागत मागमा सरकारले महासंघसँग पटकपटक गरेका सहमति कार्यान्वयन नगरेपछि आन्दोलनमा जाने तयारीमा जुटेको शिक्षक नेताहरूले बताएका छन्।

आन्दोलनकै विषयमा छलफल गर्न सोमबार महासंघको विस्तारित कार्यालयीय बैठक काठमाडौँको सहिद शुक्र माविमा बसेको थियो। बैठकमा शिक्षक संघसंगठनका नेताहरू पनि आबद्ध थिए। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले महासंघसँगका सहमति सरकारले कार्यान्वयन नगरेपछि आन्दोलनको तयारी सुरु भएको जानकारी दिए। उनले भने, ‘नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी सुरु गरेको छ।’

आन्दोलनको तयारीकै विषयमा छलफल गर्न महासंघले भदौ १३ र १४ गते काठमाडौँमा बैठक बोलाएको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारीका सम्पूर्ण माग मुद्दाहरू सम्बोधन गराउन लागिरहेकाे बताउँदै सरकारले आनाकानी, छलकपट गरे फेरि आन्दोलनमा जाने र यसका लागि तयारी अवस्थामा रहन यसअघि नै आग्रह गरेका थिए। महासंघकै नेतृत्वमा गत वर्ष असोजमा काठमाडौँ केन्द्रित आन्दोलन भएको थियो। त्यतिबेला सरकारले महासंघसँग विभिन्न बुँदामा सहमति गरेकाे थियाे। उक्त सहमति अहिलेसम्म कार्यान्वयनमा आएकाे छैन।

प्रकाशित: ४ भदौ २०८१ १०:२८ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast