आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली

हिमाल प्रेस ११ भदौ २०८१ १६:१८ | Tuesday, August 27, 2024
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली केपी ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको विश्वविद्यालयको १५औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिए। उनले सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको बताए।

प्रकाशित: ११ भदौ २०८१ १६:१८ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast