आज साउन अन्तिम दिनकाे राशिफल

हिमाल प्रेस ३२ साउन २०८१ ५:३६ | Friday, August 16, 2024
आज साउन अन्तिम दिनकाे राशिफल पाथीभरा । फाइल तस्बिर

आज मिति २०८१, साउन ३२ गते शुक्रबार। साउन शुक्ल एकादशी तिथि। पञ्चाङ्ग: विषकुम्भ विष्टि/भद्रा मूल। तदनुसार २०२४ अगस्ट १६। आज यस्तो छ तपाईँको राशिफल।

मेष राशि

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। व्यापारबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

वृष

काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका काम सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुचि बढ्नेछ।

मिथुन

साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ।  सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

कर्कट

प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्त्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

सिंह

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कन्या

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

तुला

नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारसँग भेट हुनेछ।

वृश्चिक

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ श्रोतहरू फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

धनु

साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

मकर

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ।

कुम्भ

काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ।

मीन

नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

प्रकाशित: ३२ साउन २०८१ ५:३६ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast